कुन पार्टीले कति स्थानीय तहमा लिए अग्रता


काठमाडौँ, ३१ बैशाख । स्थानीय तह निर्वाचनको मतगणना सुरु हुन लागेको छ । देशका कतिपय स्थानीय तहमा मतगणना रातिबाट नै सुरु भएको छ भने कतिपयमा शनिबार बिहानैदेखि सुरु हुन गइरहेको छ ।

शनिबार बिहान ७ बजेसम्म देशभरिमा कांग्रेसले अग्रता लिएको छ । कांग्रेसले गणना सुरु भएमध्येका ३९ स्थानीय तहका मेयर/अध्यक्षमा अग्रता लिएको छ ।

अग्रता लिने दोस्रोमा एमाले रहेको छ । एमालेले २१ स्थानमा अग्रता लिएको छ । तेस्रो स्थानमा माओवादी केन्द्र रहेको छ । उसले १७ स्थानमा अग्रता लिएको छ ।एकीकृत समाजवादी, जसपा र अन्यले २–२ स्थानीय तहमा अग्रता लिएका छन् । उपप्रमुर उपाध्यक्षमध्येमा अग्रता लिनेमा पनि कांग्रेस नै अगाडि छ । कांग्रेसले ३४, माओवादी केन्द्रले १४, एमालेले १३, जसपाले ४ स्थानीय तहका उपमेयररउपाध्यक्षमा अग्रता लिएका छन् । एकीकृत समाजवादी र अन्यले २-२ स्थानमा अग्रता लिएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति