बर्दिबासमा मतगणना : स्वतन्त्रको अग्रता

महोत्तरी । महोत्तरीकाे बर्दिबास नगरपालिकामा मतगणना सुरु भएकाे छ । सर्वदलीय बैठककाे निर्णय अनुसार रातिबाट मतगणना सुरु भएकाे हाे ।

बर्दिबास नगरपालिकामा अहिलेसम्म ३ सय मत गणना हुँदा मेयरका स्वतन्त्र उम्मेदवार प्रल्हाद क्षेत्रीले अग्रता लिएका छन् ।

उनले ११९ मत पाउँदा एमाले उम्मेदवारले ६९, माओवादी केन्द्रका उम्मेदवारले ३० मत पाएका छन् । वडा नम्बर ८ बाट मतगणना सुरु भएकाे हाे ।तर अन्य पालिकामा भने मतगणना सुरु भइसकेकाे छैन ।

गौशाला नगरपालिकामा बिहान ८ बजेबाट र अन्य पालिकामा बिहान ९ बजेबाट मतगणना हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति