मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा एमाले विजयी

पोखरा । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा एमाले विजयी भएका छन् ।

मतपरिणाम अनुसार, एमालेका लोप्साङ छोम्पेल विष्ट र उपाध्यक्षमा एमालेकी छिरिङ ल्हामो गुरुङ विजयी भएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार विष्टले ६ सय ८९ मत पाए भने निकटतम प्रतिद्वन्द्वी गठबन्धन (नेकपा एस)का देवबहादुर गुरुङले १ सय ८५ मत पाए ।

उपाध्यक्षमा एमालेकी छिरिङ ल्हामो गुरुङले ६ सय ४१ मत पाएर विजयी भइन भने निकटतम प्रतिद्वन्द्वी गठबन्धनकी (नेपाली कांग्रेस)की लक्ष्मी गुरुङले २ सय २५ मत पाए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति