महोत्तरीको केही पालिकामा मतगणना सुरु

महोत्तरी । महोत्तरीमा मतगणनाको विषयमा सर्वदलीय छलफल जारी छ । जिल्लाका १५ वटै स्थानीय तहमा मतगणनाको मापदण्ड र मतगणनाको समय निर्धारण गर्न छलफल जारी रहेको जिल्ला निर्वाचन कार्यालय महोत्तरीले जनाएको छ । १५ वटा स्थानीय तहमध्ये जिल्लाको उत्तरी क्षेत्रमा रहेका बर्दिबास नगरपालिका र गौशाला नगरपालिकामा भने अहिले मतगणना सुरु गर्ने निर्णय भएको छ ।

बर्दिबास नगरपालिकामा वडा नम्बर ८ मतगणना सुरु गर्ने तयारी भैइरहेको छ भने गौशाला नगरपालिकामा कहाँबाट गर्ने भन्ने समबन्धमा अझै निर्णय हुन सकेको छैन ।

निर्वाचन कार्यालयका अनुसार जिल्लाको जलेश्वर नगरपालिकामा बिहान ८ वजेवाट मतगणना सुरु हुनेछ भने महोत्तरी गाउँपालिकामा बिहान ९ बजेवाट सुरु गरिने सर्वदलीय छलफलवाट सर्वसम्मत पारित भएको छ ।

जिल्लाका सबै ठाउँको मतपेटिका मतगणनास्थलमा पुर्‍याइ सकिएको छ । ४९७ मतदान केन्द्र र २५८ मतदानस्थलमा ७० प्रतिशत मत खसेको निर्वाचन आयोग महोत्तरीले जनाएको छ ।

जिल्लामा जम्मा ७२० पदको लागि ४५६६ जना उम्मेदवार चुनावी मैदानमा छन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति