सत्ताधारी गठबन्धनले निर्वाचन हिंसा भड्काउन खोज्यो : अध्यक्ष ओली


काठमाडौं, ३० वैशाख । सत्ता पक्षले दर्जनौं स्थानमा हिंसा भड्काएको आरोप प्रमुख प्रतिपक्षी नेकपा एमालेले लगाएको छ ।

स्थानीय तह निर्वाचनको मतदान सम्पन्न भएपछि वक्तव्य जारी गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता पक्षबाट अधिनायकवादी कार्य भएको बताएका छन् ।

‘हामी निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित होस् भन्ने चाहन्थ्यौं । तर सत्तापक्षीय गठबन्धनले केही स्थानमा हाम्रा विरुद्ध नक्कली मतपत्र समेत छापी वितरण गर्ने, उत्तेजनापूर्व गतिविधि गरी अनावश्क रुपमा वातावरण विथोल्ने र अनुचित ढंगले हिंसा भड्काउने जस्ता कार्य गर्‍यो ।’

त्यस्ता ठाउँमा गृह प्रशासन अस्वभाविक रुपमा असन्तुलित भएको भन्दै एमालेले अध्यक्ष ओलीले भनेका छन्, ‘यस प्रकृतिका घटना दर्जनौं स्थानमा भएका छन् । स्वतन्त्र निर्वाचनविरुद्ध भएका यस्ता घटनाको विरोध गर्दै सरकारको पूर्वाग्रही र पक्षपाती व्यवहारप्रति म दुःख व्यक्त गर्दछु ।’

मतदातालाई आतंकित पारिएका स्थानमा पुनः मतदान गरी उजुरी आएको भन्दै उनले यसलाई गम्भीर रुपमा लिन समेत निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति