स्थानीय तह निर्वाचन २०७९ः मतदानको निर्धारित समय सकियो

काठमाडौँ, ३० बैशाख । स्थानीय तह निर्वाचन अन्तर्गत शुक्रबार भएको मतदानको समय अपरान्ह ५ बजे सकिएको छ।

बिहान ७ बजेदेखि देशभरका ७५३ वटै पालिकामा सुरु भएको मतदान ५ बजे सकिएको हो।

तर, मत हाल्नका लागि ५ बजेभन्दा अगाडि मतदान केन्द्रमा छिरिसकेका मतदाताले भने आफ्नो मत व्यक्त गर्न पाउनेछन्।

मतदानका क्रममा देशका कयौँ ठाउँमा झडप भएको छ। केही मतदान केन्द्रमा दलहरुबीच विवाद हुँदा मतपेटिका नै फोडिएको छ।

अहिलेसम्म ५५ प्रतिशत शत खसेको आयोगले जनाए पनि देशभरको विवरण संकलन गर्ने काम भइरहेको जनाएको छ।

केही स्थानीय तहमा विवाद भएपनि देशभर शान्तिपूर्ण मतदान भएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति