कोहलपुरमा वाईसीएलका नेतामाथि खुकुरी प्रहार

नेपालगञ्ज, ३० वैशाख । बाँकेको कोहलपुर नगरपालिकाको कौशिल्यानगरमा नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिस्ट लिग (वाईसीएल) का एक नेतामाथि खुकुरी प्रहार भएको छ ।

कोहलपुर नगरपालिका-१ कौशिल्यानगरमा धारिलो हतियार खुकुरी प्रहार हुँदा वाईसीएल नेता राजु शाही घाइते भएका हुन् । घाइते शाहीको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घट्नामा संलग्न केही व्यक्तलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको कोहलपुरका प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले जानकारी दिए । घट्नमा संलग्न अन्यको पनि खोजी भइरहेको र घट्नाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति