मुगुमा तीन किरियापुत्रीले गरे मतदान

मुगु, ३० वैशाख । मुगुको खत्याड गाउँपालिका-८ सुकाढिक गाउँका ३ दाजुभाइले आमाको किरिया बसेका बेला मतदान गरेका छन् ।

उनीहरुले खत्याड गाउँपालिका-८ आम गाउँमा रहेको श्री सरस्वती आधारभूत बिद्यालयको मतदान केन्द्रबाट मतदान गरेका छ्न ।

आमाको मृत्यु भएको सातौँ दिनमा उनीहरु १ घन्टा उकालो बाटो हिँडेर मतदान गर्न आएका हुन । किरिया बसेका दाजुभाइमा खत्याड गाउँपालिका – ८ सुकाढीकका ५६ वार्षीय कवीराज कार्की, माइला भाइ वीरबहादुर कार्की र जयसुर कार्कीले मतदान गरेका छ्न ।

५ वर्षमा एकपट्क आउने स्थानीय तहको चुनावमा राम्रा मान्छेलाई चुन्नु पर्ने भएकोले मतदान गर्न आएको कवीराजले बताए । ‘हाम्रो ३ मतले कतै राम्रो मान्छेको हार हुनसक्छ,’ उनले भने, ‘त्यसैले किरियाको कामलाई थाँती राखेरै भए पनि मतदान गर्न आएका हौं ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति