काठमाण्डौ, ३० बैशाख । पालिका चुनावको सुरक्षाका कारण सरकारले गाडी चलाउन रोक लगाएको छ । अत्यावश्यक सेवा बाहेकका गाडी चलेका छैनन्। गाडी नचल्दा विदेशबाट फर्केकाहरु समस्यामा परेका छन्। विमानस्थलबाट चल्ने हरियो नम्बर प्लेटका ट्याक्सीले मनोमानी गरेका छन् ।
जजिरा एअरको जहाजबाट बिहान साढे ६ बजे काठमाण्डौ आइपुग्नुभएका मोरङको पथरीका स्वदेश राई समस्यामा परे । विमानस्थल बाहिर आएपछि ट्याक्सी त पाए तर कोटेश्वर जानकै लागि एक हजार रुपैयाँ मागियो । २ किलोमिटर दूरीको भाडा हजार रुपैयाँ मागेपछि राईले हिँडेरै कोटेश्वर जाने निधो गरे ।
‘विदेशमा ठगिनु त नौलो भएन तर देशमै पनि ठग्न खोज्ने रहेछन्, ट्याक्सीले त अप्ठ्यारो परेको बेला झन् अप्ठ्यारोमा पारे’ राईले गुनासो गरे । सडकको रमाइलो हेर्दै आज कोटेश्वरमा आफन्तकोमा बस्ने र भोलि गाडी चलेपछि मोरङ जाने स्वदेश राईको योजना रहेकाे बताए ।
प्रतिक्रिया