पूर्व मिस नेवा उपमेयरकी उमेद्वार सुनिताले मतदान गर्दै भनिन् : रामबीर रिसाएका छैनन् 

काठमाडौं ३० वैशाख । नेकपा एमालेका तर्फबाट काठमाडौँ महानगरको उपमेयरकी प्रत्याशी सुनिता डंगोलले मतदान गरेकी छन् । कामनापा वडा नम्बर २१ फसिगाँ लगनटोलमा मतदानपछि आफु उत्साहित भएको बताइन् । साथै उनले एमालेका कोही पनि नेताहरू आफूसँग नरिसाएको बताइन् ।

रामवीर र विद्यासुन्दर शाक्यहरू समेत आफूसँग रिसाउने कुरा नै नभएको बतईन । ‘सवै जना हर्षोल्लासले मतदान गर्न आउनु भएको छ, त्यो देखेर निकै खुसी भएकी छु,’ उनले भनिन् । उनले मतदाताहरूलाई आफ्नो अधिकारको सदुपयोग गर्न आग्रह गर्दै मनपर्ने उम्मेदवारलाई मत दिन सुझाव दिइन् । उनले मतदाताको उत्साह देखेर एक्साइटेड भएको पनि बताइन् । ‘एक्साइटेड छु । जनताको माया जित्ने आधार हो । माया पाउछु, आशिर्वाद पाउछु भन्नेमा विश्वस्त छु’, आफ्नो जीतमा ढुक्क भएको प्रतिक्रिया दिइन ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board