स्थानीय तहको निर्वाचन : लोकतन्त्रको उत्सव

सम्पादकीय : स्थानीय तहको निर्वाचन थुप्रै आशंका र अन्योलका बीचमा उत्साहजनक रुपमा सम्पन्न हुन लागेको छ । स्थानीय तहको निर्वाचन कहिले गर्ने भन्ने विषयमा रहेको संविधान र कानुनको अन्योल तथा दलीय दिग्म्रमित प्रवृत्तिले गर्दा तोकिएकै समयमा चुनाव होला र भन्ने गम्भीर प्रश्न थियो । तर नेपालको इतिहासमा पहिलो पटक देशभर एकै चरणमा एकै दिन स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ ।
स्थानीय तहको निर्वाचनमा देखिएको उत्साहले नेपाली लोकतन्त्रको उत्सव भन्न मिल्ने अवसरमा पनि बदलिएको मान्न सकिन्छ । देशभरबाट ७५३ प्रमुख, अध्यक्ष तथा सोही संख्या उपपमुख र उपाध्यक्ष सहित ३५ हजार २२१ जना जनप्रनिधि निर्वाचित हुंदैछन् । हरेक वडादेखि घर घरमा स्थानीय चुनाव लागेको छ । काठमाडौंबाट कुनै पनि सवैभन्दा ठूलो पर्वमा भन्दा बढी मानिस आफ्नो गाउं फर्केबाट नै यसको आकर्षण स्व्त स्पष्ट हुन्छ ।


हरेक मतदाताले आफूलाई कुनै न कुनै रुपमा आफूलाई निर्णायक मान्नु आफैमा लोकतन्ज्त्रको सवैभन्दा सुन्दर पक्ष हो । हरेक गाउं र शहरमा हरेक मतदातको सम्वन्धन उमेद्वारहरुसंग जोडिएको निर्वाचन यो नै हो । अघिल्लो पटक पनि स्थानीय चुनाव कसरी होला भन्ने संशयका बीचमा ६ महिनाको अवधिमा तीन चरणमा पूरा भएको थियो । त्यस हिसावले यसपटक एकैपटक निर्वाचन सम्पन्न भएबाट निर्वाचन आयोगको क्षमता पनि पुष्टि भएको छ । त्यसमाथि राजनीतिक इच्छा शक्त्ती भयो भने नेपाली मतदाताले निर्वाचनको प्रक्रियालाई विना संकोच स्वीकार गर्ने तथ्यलाई पनि यो निर्वाचनले अगाडि ल्याएको छ ।
लोकतानन्त्रिक व्यवस्थामा र हाम्रो देशमा प्रत्यक्ष जनताको मतवाट निर्वाचित हुने निर्वाचन पनि स्थानीय निर्वाचन नै हो । संघीय र प्रदेशको निर्वाचनमा जनताले विधायिका रोज्ने र विधायिकाले मतदाताको सहमति विना जो कसैलई पनि कार्यकारी प्रमुख छान्ने र उसैलालई जनताको वारेस मान्नु पर्ने विडम्वना रहंदै आएको छ । तर स्थानीय निर्वाचनमा वडा सदस्य, अधयक्ष, र प्रमुख तथा उपप्रमुख सबैलाई मातदाताले आफै छान्दछन् ।
नयां संविधान जारी भएपछिको यो दोस्रो स्थानिय निर्वाचनले नेपाली लोकतन्त्रको तल्लो तहको आकर्षणलाई समेत धेरै गुना बढाएको छ । यस अर्थमा नेपालको स्थानीय तहको निर्वाचलनलाई नेपाली लोकतन्त्रको उत्सव मान्न सकिन्छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board