दोलखामा गोली चल्यो, मतदान सुचारु

काठमाडौं । स्थानीय निर्वाचनका क्रmममा दोलखाको बैत्यश्वरमा गोली चलेको छ । स्थानीय तह निर्वाचनका विषयमा दुई पक्षबीच भनाभना हुंदा झडपपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले चोली चलाएको हो । तर कुनै मानवीय क्षति भने भएको छैन ।

दोलखा प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले मतदानका क्रममा झडप भएपछि हवाइ फायर गरेको जानकारी दिए ।

झडप नियन्त्रण गर्न दुई पटक हवाइ फायर गरेर अहिले पुनः मतदान सुरु भइसकेको बताए । यस्तै बैत्यश्वरमा थप प्रहरी परिचाल गरिएको उनले नेपालपेजलाई जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति