प्रधानमन्त्री देउवाद्वारा मताधिकार प्रयोग गर्न अपिल

काठमाडौँ । भोलि हुन गइरहेको स्थानीय तहको निर्वाचनमा निर्धक्कसँग मतदान गर्न देउवाले अपिल गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्धक्कसँग मत दिएर आफ्नो मताधिकार प्रयोग गर्न सम्पूर्ण देशवासीलाई हार्दिक अपिल गरेका हुन् ।

बिहीबार एक अपिल जारी गर्दै प्रधानमन्त्री देउवाले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले सम्पूर्ण व्यवस्थापनलाई चुस्तदुरुस्त बनाएको उल्लेख गरेका छन् ।

“बालिग मताधिकार तपाईं हाम्रो संवैधानिक अधिकार र लोकतन्त्रको आधारस्तम्भ हो” प्रधानमन्त्री देउवाले भनेका छन्, “स्थानीय तहदेखि नै लोकतान्त्रिक अभ्यासमा सहभागी भइ लोकतान्त्रिक शासन पद्धतिको संस्थागत विकासमा योगदान पुर्‍याउन म सबैमा आग्रह गर्दछु ।”

देशभर भोलि स्थानीय तह निर्वाचन हुँदै छ । निर्वाचन आयोगले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति