छुटे बास्तोला : हिरासतबाटै प्रधानमन्त्री र गृहमन्त्रीलाई फोन

काठमाडौं, २९ बैशाख । दाङको भालुवाङबाट पक्राउ परेका नेकपा (बहुमत्) का संयोजक धर्मेन्द्र बास्तोलालाई प्रहरीले सोधपुछपछि छोडेको छ । बास्तोलाले आफू भर्खरै प्रहरीको नियन्त्रणबाट छुटेको बताए ।

बुटबलमा भएको विस्फोट र चुनावको बहिष्कारसम्बन्धी विषयलाई लिएर आज प्रहरीले बास्तोलालाई पक्राउ गरेको थियो । प्रहरीको सोधपुछमा बास्तोलाले आफ्नो पार्टीले स्थानीय चुनाव विथोल्ने खालका क्रियाकलाप नगर्ने जानकारी गराएका छन् ।प्रहरी हिरासतबाटै आफूले प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणसँग फोनमा कुराकानी गरेको बास्तोलाले बताए ।‘मेरो प्रधानमन्त्री र गृहमन्त्रीसँग हिरासतमै कुरा भएको थियो । उहाँहरुसँग मैले आफ्नो कुरा राखेपछि प्रहरी लचिलो भएको हो’, उनले भने ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति