काठमाडौं । नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् । प्रहरीले दाङको भालुवाङबाट पक्राउ गरेका हुन् ।
बुधबार पोखरामा आयोजित कार्यक्रमलाई सम्बोधन गरेपछि नेपालगञ्ज जाने क्रममा बास्तोलालाई प्रहरीले भालुवाङबाट पक्राउ गरेको नवौं महाधिवेसन आयोजक समिति सदस्य दीपक चलाउनेले जानकारी दिए ।
सार्वजनिक बसबाट नेपालगञ्ज जाने क्रममा बास्तोलालाई पक्राउ गरिएको हो ।
बास्तोलाकी श्रीमती बिरामी छिन् । नेपालगञ्जमा रहेकी श्रीमतीलाई भेट्न जाँदै गर्दा भालुवाङबाट पक्राउ गरिएको जानकारी पाएको चलाउनेले बताए ।
नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टी विभाजनपछि नेकपा बहुमत गठन गरी वास्तोला संयोजक छन् ।
विप्लव नेतृत्वले स्थानीय तहको निर्वाचनमा सहभागिता जनाएको छ भने वास्तोला नेतृत्वले निर्वाचन बहिष्कार गरेको छ ।
प्रतिक्रिया