आठबीस नगरपालिकाका एमाले मेयर उम्मेदवारको गाडीमा आगजनी

सुर्खेत । दैलेखको आठबीस नगरपालिकाको मेयरका उम्मेदवारको गाडीमा आगजनी भएको छ ।

उम्मेदवार तर्कबहादुर बडुवाल चढ्ने बा १९ च ५५७९ नम्बरको स्कार्पियो गाडीमा अज्ञात समूहले आगजनी गरेको हो ।

आठबीस नगरपालिका– ४ राकम कर्णालीको खोलीबजारमा पार्क गरी राखिएको स्कार्पियोमा राति अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ । चालक गाडीभित्रै सुतिरहेका थिए ।

चालकले टायरमा आगो लागेको थाहा पाएपछि तत्काल गाडी चलाएर नजिकै रहेको खोलाको नहरमा पर्याएका थिए । जस कारण धेरै क्षति हुन भने पाएन ।

घटनाबारेमा प्रहरीले अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय राकम कर्णालीले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति