भक्तपुरको जगाती नाका भएर बाहिरिए १७ हजार बढी मतदाता

भक्तपुर । काठमाडौँ उपत्यकाको पूर्वी नाका भक्तपुरबाट बुधबार हजारौँ मतदाताहरु बाहिरिएका छन् । अरनिको राजमार्ग प्रयोग गरेर जिल्लाका विभिन्न ठाउँहरूमा डेरा गरी बस्ने मतदाताहरू अरनि राजमार्गअन्तर्गत जगाती नाका हुँदै बाहिरिएका हुन् ।

आ–आफनो घर जानका लागि मतदातहरू बुधबार बिहानदेखि ठाउँठाउँमा भेला भएर बसेका देखिन्थे । यो क्रम बुधबार दिनभर देखियो । भक्तपुरबाट अरनि तथा विपी राजमार्ग भएर देशका पूर्वी जिल्लाहरूमा जान सकिन्छ ।

काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुलीसहित प्रदेश १ र मधेस प्रदेशका जिल्लामा जाने मतदाताहरू भक्तपुरको नाका भएर बुधबार बाहिरिएका हुन् । जगाती नाका भएर बुधबार नौ सय दुई वटा सवारीसाधनबाट १७ हजार ६९ यात्रु बाहिरिएको जिल्ला टाफिक कार्यालय सल्लाघारी भक्तपुरले जनाएको छ ।

शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि बिहीबार पनि भक्तपुरसहित काठमाडौँ उपत्यकाबाट हजारौँ यात्रु बाहिरिने अनुमान गरिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति