रिभर फल्स पावरको आईपीओ खुल्यो

काठमाडौं, २८ वैशाख । रिभर फल्स पावर लिमिटेडको साधारण सेयर (आईपीओ) निष्काशन खुला भएको छ । कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका २७ लाख ३० हजार कित्ता साधारण सेयरका लागि बुधबारदेखि आवेदन खुला भएको हो ।

जारी हुने सेयर मध्ये २ प्रतिशत अर्थात ५४ हजार ६०० कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख ३६ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ ।

सर्वसाधारणले बाँकी २५ लाख ३८ हजार ९०० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । निष्काशन बन्द छिटोमा ४ जेठ हुनेछ भने ढिलोमा ११ जेठमा हुनेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । आईपीओका लागि न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board