विद्यालयहरु आजदेखि ६ दिनसम्म बन्द

काठमाडौं, २८ वैशाख। स्थानीय तह निर्वाचनका लागि आजदेखि ६ दिनसम्म विद्यालयहरु बन्द हुने भएका छन् ।

सरकारले मतदानको दिन ३० गते मात्रै विदा दिने निर्णय गरेको थियो । तर धेरैजसो सामुदायिक विद्यालयहरुमा मतदान केन्द्र राखिएको, कतिपय शिक्षकहरु निर्वाचनमा खटिएको र कतिपय मतदान गर्न जिल्ला जानुपर्ने भएको भन्दै आजबाट विद्यालयहरु बन्द गरिएको हो ।
यसअघि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई मतदान केन्द्र कायम भएका विद्यालयमा २८ गतेदेखि ३० गतेसम्म तीन दिन बिदा दिन निर्देशन दिएको थियो ।वैशाख ३१ गते शनिबार परेको र सरकारले जेठ १ गतेदेखि आइतबारको दिन पनि सार्वजनिक विदा दिने निर्णय गरेकाले आइतबार पनि विदा हुने छ । जेठ २ गते बुद्ध जयन्ती परेकाले सो दिन पनि सार्वजनिक बिदा हुने छ ।

त्यसकारण आजबाट ६ दिनसम्म विद्यालयहरु बन्द हुने छन् । विद्यालयहरु बन्द भएसँगै काठमाडौं उपत्यकाबाट मतदान गर्न गाउँ फर्किनेहरुको संख्या आजबाट बढेको छ ।

सरकारी कार्यालयहरुमा भने निर्वाचनको दिनमा मात्र विदा दिइएको छ । कर्मचारीहरु निर्वाचनमा खटिएकाले सरकारी कार्यालयहरु सीमित कर्मचारीहरुको भरमा सन्चालन भइरहेका छन् । काठमाडौं र भक्तपुरका जिल्ला प्रशासन कार्यालयहरुले सूचना नै जारी गरेर २८ र २९ गते सेवा प्रभावित हुने जनाएका छन् । ललितपुर जिल्ला प्रशासन कार्यालयले भने सीमित कर्मचारीहरुको भरमा अत्यावश्यक सेवा दिने जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति