तुलसीपुर–१७ वडाध्यक्षमा आज मनोनयन, ३ जेठमा मतदान

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१७ मा वडाध्यक्षका लागि आज मनोनयन दर्ता हुँदै छ ।

एमालेबाट वडाध्यक्षका उम्मेदवार लबरु चौधरीको निधन भएपछि आज बिहान १० बजेदेखि १ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ ।

बिहीबार साँझ ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने तुलसीपुर उपमहानगरपालिकाका निर्वाचन अधिकृत रामेश्वर अर्यालले जानकारी दिए ।

तुलसीपुर १७ वडाध्यक्षका लागि ३ जेठमा मतदान हुने छ । अन्य क्षेत्रका लागि मंगलबार मध्यरातिदेखि मौन अवधि सुरु भइसकेको छ । तर, तुलसीपुर–१७ का हकमा ३१ वैशाखदेखि मौन अवधि सुरु हुने छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति