वीराटनगर, २७ बैशाख । स्थानीय तहको निर्वाचन आउन अब तीन दिन मात्रै बाँकी रहँदा नेताहरु चुनावी सभामा व्यस्त छन् ।
प्रचारप्रसार गर्न पाइने आज अन्तिम दिन भएकाले पनि शीर्ष नेतादेखि उम्मेदवारहरू मत माग्न व्यस्त छन् । आजै मध्यरातिबाट मौन अवधि सुरु हुने भएकाले पाँच दलीय गठबन्धन र प्रमुख विपक्षी नेकपा एमालेसहित अन्य दलका शीर्ष नेताहरू चुनावी नतिजा आफ्नो पक्षमा पार्न अन्तिम कसरत गरिरहेका छन् ।
चुनावी अभियानकै क्रममा सत्ता गठबन्धनसँग भिडिरहेका एमाले अध्यक्ष केपी शर्मा ओली आज मोरङ पुगेका छन् । मोरङको मिक्लाजुङस्थित मधुमल्लामा नेकपा एमालेले बृहत् चुनावी सभाको आयोजना गरेको छ । उक्त सभालाई अध्यक्ष ओलीले सम्बोधन गरेका छन् ।
प्रतिक्रिया