दाङमा एमालेका वडाध्यक्ष उम्मेदवारको निधन

काठमाडौं, बैशाख २७ । दाङको तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमालेका तर्फबाट वडाध्यक्षका उम्मेदवार लवरू चौधरीको निधन भएको छ।उनी तुलसीपुर वडा नम्बर १७ मा उम्मेदवार थिए। चौधरीको काठमाडौंमा उपचारका क्रममा निधन भएको हो। एमाले तुलसीपुर अध्यक्ष माधव वलीले चौधरीको उपचारका क्रममा मृत्यु भएको बताए।वडा नम्बर १७ बघौसीका ५३ वर्षीय चौधरी बिरामी भएपछि चार दिनअघि काठमाडौं लगिएको थियो। वलीका अनुसार चौधरी ०७४ को चुनावमा तुलसीपुर १७ को वडा सदस्यमा निर्वाचित भएका थिए।चौधरीको शव दाङ ल्याउने तयारी भइरहेको पारिवारिक स्रोतले बताएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति