काठमाडौंमा मनाइयो रवीन्द्रनाथ टैगोरको १६१औँ जन्मजयन्ती

काठमाडौं, २६ बैशाख । भारतका विश्व चर्चित कवि रवीन्द्रनाथ टैगोरको १६१औं जन्मजयन्ती काठमाडौंमा मनाइएको छ।भारतीय राजदूतावासस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले सोमबार इन्डिया ७५ आजादीको अमृत महोत्सवअन्तर्गत सोमबार विवेकानन्द हलमा टैगोरको जन्मजयन्ती मनाइएको हो।कार्यक्रममा प्रेस, सूचना तथा संस्कृति प्रभागका प्रथम सचिव नवीन कुमारले रवीन्द्रनाथ टैगोरको प्रतिभाको प्रशंसा गर्नुका साथै र आफूभित्र लुकेको क्षमतालाई उपयोग गर्न सबैलाई आग्रह गरे।स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रका शास्त्रीय संगीतका गुरु तथा विद्यार्थीहरुले एकसाथ रवीन्द्र संगीतको वाचन गरेका थिए भने केन्द्रीय विद्यालय काठमाडौंका विद्यार्थीहरुले टैगोरको रचनामा आधारित गीत र नृत्य प्रस्तुत गरेका थिए।लुम्बिनी विश्व शान्ति मञ्चका अध्यक्ष वासु गौतमले “शान्ति निकेतनः शिक्षामा टैगोरको विचार” शीर्षकमा अन्तरक्रियात्मक प्रस्तुति दिएका थिए।कार्यक्रममा संगीत, कला र साहित्यका युवा विद्यार्थीहरु, सीबीएसई विद्यालयका बालबालिकाहरु, भारतीय डायस्पोराका सदस्यहरु र विद्वानहरुको सहभागिता थियो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति