काठमाडौं, २६ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दल नेकपा माओवादी केन्द्रलाई ‘जुका’ को संज्ञा दिएका छन् । कहिले कांग्रेस र कहिले एमालेसँग टाँस्सिएर माओवादीले रगत चुस्ने गरेको उनले टिप्पणी गरे ।ललितपुरमा आज आयोजित जनसभालाई सम्वोधन गर्ने क्रममा ओलीले माओवादीमाथि कटाक्षको वर्षा गरेका थिए ।उनले भने, ‘जुकाजसरी यसको जिउमा टाँसिदा रगत पिउन पाइन्छ कि भनेर कहिले कांग्रेसँग मिल्छ, कहिले एमालेसँग ।
अहिले चाहिँ छोरीलाई भोट नमिल्ने भएकाले एमालेसँग टाँस्सिन आइहाल्न सकेको छैन ।’माओवादी अध्यक्ष प्रचण्डले अहिले पनि एमालेलाई देखाएर कांग्रेसलाई धम्क्याइरहेको ओलीले बताए ।‘तपाईंहरु नमिल्ने भए बालकोट गएर ढोकैमा बस्छु भन्दैछन् । भित्र छिराउँछन् कि छिराउँदैनन् तर ढोकामा भए पनि बस्छु भनेर धम्याएछन्,’ ओलीले भने ।माओवादीले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक नगरेको विषयलाई लिएर पनि ओलीले कटाक्ष गरे ।‘माओवादीलाई किन चाहियो घोषणापत्र रु अरुको घरमा पाहुना लाग्ने बानी परेकाले आफ्नो घरमा किचन बनाइरहनुपर्छ र रु कहिले यसको घरमा गएर खायो, कहिले त्यसको घरमा ।’माओवादी केन्द्र अहिले सुराहीको बिर्कोजस्तो भएको पनि ओलीले बताए ।उनले भने, ‘आधाभन्दा बढी कार्यकर्ता एमालेमा आइसके । अलिअलि बाँकी भएका पनि आउँछन् ।
माअोवादी केन्द्र अब सुराहीको बिर्कोजस्तो भयो । भित्र रित्तो छ ।’उनले ६४ सालको चुनावमा १२० सिट जितेको माओवादी अहिले छोरी जिताउनका लागि कांग्रेसमा भर परेको बताए ।‘के अवस्था भयो माओवादीको रु हिजो २४० मध्ये १२० सिट जितेको थियो । आज एउटा छोरी जिताउन कांग्रेसको दौराको फेर समाएर छोड्दै छोड्दैन ।मेरी छोरी जिताउनैपर्छ भनेर पछि लाग्या छ लाग्या छ ।’ ओलीले भने ।
प्रतिक्रिया