चन्द संसद्‌वादमा फसेकाले ‘नेकपा (बहुमत)’ गठन गर्‍यौं : संयोजक बास्तोला


काठमाडौं, २६ बैशाख । नेत्रविक्रम चन्द संसद्‌वादमा फसेको भन्दै असन्तुष्ट पक्षका नेताहरूले नयाँ पार्टी गठन गरेका छन् । नयाँ पार्टी गठनसँगै चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)औपचारिक रूपमा फुटेको छ । पार्टीमा असन्तुष्ट रहेका धर्मेन्द्र बास्तोला नयाँ पार्टीको संयोजक चयन भएका छन् ।बास्तोलाले पत्रकार सम्मेलन गरेर सोमबार नयाँ पार्टी गठन भएको जानकारी गराएका छन् । उनले नयाँ पार्टीको नाम नेकपा (बहुमत) रहेको जानकारी दिए । नयाँ पार्टीको नेतृत्व पनि बास्तोलाले नै गर्ने भएका छन् ।

तत्कालीन महासचिव नेत्रविक्रम चन्द र प्रवक्ता खड्गबहादुर विश्वकर्मा संसद्‌वादमा फसिसकेकाले पार्टी पुनर्गठन गरेका हौुं बास्तोलाको भनाइ थियो । त्यस्तै, आफूहरूमाथि आर्थिक अनियमिताको आरोप गलत रूपमा लगाइएको पनि उनले बताए ।गत चैतमा भएको केन्द्रीय समिति बैठकको निर्णय विपरीत चन्द गएपछि नयाँ पार्टी गठन गर्नुको विकल्प नभएको बास्तोलाको भनाइ थियो । उनले भने, पार्टी चुनावमा नजाने भएपछि पनि प्रवक्ता पार्टी चुनावमा जाने, पार्टी दर्ताको प्रयास गर्ने, चुनावमा केन्द्रीय समिति सदस्य उठाउने र उठाउन प्रयत्न गर्ने काम भयो ।

पार्टी नीति बाहिर चुनावमा उठाउने र कतिपय केन्द्रीय समिति सदस्यहरू त एमालेको चुनाव चिह्न लिएर चुनावमा जान लालायित भएपछि यसरी समय बर्बाद गर्नु ठीक हुँदैन भनेर भेला गर्‍यौं र बहुमत पार्टी सदस्यले नेकपा बहुमत भनेर पुनर्गठन गरेका छौं ।बास्तोलाले विचार र संगठनात्मक रूपमा बहुमत आफ्नो पक्षमा रहेको दाबी गरे । उनले पार्टीको कार्यदिशा र कार्यक्रमबारे पनि जानकारी गराएका छन् । उनले भने, ुपार्टीको मूल कार्यदिशा वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्ने । कार्यदिशा पूरा गर्नका निम्ती कार्यनीतिका रूपमा अहिले स्वाधिन संयुक्त सरकार, राजनीतिक स्थिरता, सामाजिक रुपान्तरण, समृद्धि र स्वाधिनताको नारा अगाडि सारेका छौं ।मुलुकमा राजनीतिक स्थिरताका लागि कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका निर्वाचित हुनुपर्ने माग रहेको बास्तोलाको भनाइ थियो ।धर्मेन्द्र बास्तोलाको संयोजकत्वमा नेकपाका असन्तुष्ट पक्षले चितवनमा राष्ट्रिय भेला गरेको थियो । उक्त भेलाले नै नयाँ पार्टी गठन गरेको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति