हङकङको मुख्य प्रशासकमा ली निर्वाचित

काठमाडौ, २६ बैशाख । हङकङ विशेष प्रशासनिक क्षेत्रको छैटौं मुख्य प्रशासकको निर्वाचनमा बेइजिङसँग सुमधुर सम्बन्ध रहेका जोन ली निर्वाचित भएका छन्।

हङकङ विशेष प्रशासनिक क्षेत्र मुख्य प्रशासक निर्वाचन समितिका करिब १४६० सदस्यले मतदानद्वारा उम्मेदवारलाई मतदान गरेका छन्। ली च्याछाउले १४१६ मत प्राप्त गरेका छन्। सम्पूर्ण निर्वाचन प्रक्रिया हङकङ विशेष प्रशासनिक क्षेत्र निर्वाचन मामिला आयोग, भ्रष्टाचार विरुद्धको स्वतन्त्र आयोग, उम्मेदवारको छानबिन प्रतिनिधिहरू, हङकङबासी र सञ्चारमाध्यमको निगरानीमा गरिएको हो। हङकङ विशेष प्रशासनिक क्षेत्रीय सरकारले नियुक्तिका लागि केन्द्रीय जन सरकारलाई निर्वाचन परिणाम पेश गर्नेछ। छैटौं मुख्य प्रशासकको कार्यावधि सन् २०२२ को जुलाई १ देखि २०२७ को जुन ३० तारिखसम्म रहनेछ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति