नेताका सन्तानहरु को–को छन् उम्मेदवार ?

काठमाडौं । सर्वाधिक चर्चामा यतिबेला भरतपुर महानगरपालिका छ । भरतपुरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेनु दाहालको उम्मेदवारीका कारण पनि चर्चा बटुलेको हो ।

स्थानीय तहको निर्वाचन प्रचण्ड पुत्री रेनु मात्र उम्मेदवार भने छैनन् । अरु नेताका छोराछोरी पनि उम्मेदवार बनेर विरासत धान्दैछन् ।

महानगरपालिका र सत्ता गठबन्धनको भागवण्डाको पेचिलो बनेको भरतपुर चर्चामा छ भने अन्य स्थान भने कम चर्चा छ ।

त्यसो त, जसपाका अध्यक्ष उपेन्द्र यादवले छोरा अमरेन्द्रलाई विराटनगर महानगरपालिकाको उपमेयरको उम्मेदवार बनाएका छन् ।
अमरेन्द्र पारिवारिक विरासतको बलमा विराटनगरमा गठबन्धनका उपमेयरका उम्मेदवार हुन् ।

तनहुँको व्यास नगर प्रमुखमा कांग्रेस नेता गोविन्दराज जोशीले छोरा दीपक जोशीलाई उम्मेदवार बनाएका छन् । कांग्रेसले कारबाही गरेपछि निष्क्रिय जस्तै रहेका जोशीले छोरा दीपकलाई उम्मेदवार बनाउनकै लागि एमालेसँग तालमेल गरेका छन् ।

त्यस्तै, नुवाकोटको सदरमुकाम रहेको विदुर नगरपालिकामा उपप्रमुखको उम्मेदवार प्रभा बोगटी दिवंगत नेता पोस्टबहादुर बोगटीकी छोरी हुन् । उनी आफ्नो दिवंगत पिताको राजनीतिक विरासत पछ्याएर सक्रिय राजनीतिमा छन् ।

कांग्रेस नेता कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीले छोरा गणेशबहादुर शाहीलाई दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका प्रमुखका उम्मेदवार बनाएका छन् ।

त्यस्तै, ज्यान मुद्दामा नख्खु कारागारमा रहेका मोहम्मद अफताव आलमका छोरा डा.राजिक आलम रौतहटको राजपुर नगरपालिका प्रमुखमा उम्मेदवार छन् ।

माओवादी केन्द्रका गण्डकी प्रदेश इन्चार्ज हितराज पाण्डेले पालुङटार नगरपालिकाको उपप्रमुखमा छोरी वन्दना पाण्डेलाई उम्मेदवार बनाएका छन् ।

त्यस्तै, नेकपा एकीकृत समाजवादी रौतहटका जिल्ला अध्यक्ष कमलराय यादवले छोरा रामकल्याण यादवलाई जिल्लाको मौलापुर नगरपालिकामा प्रमुखको उम्मेदवार बनाएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति