काठमाडौं, २५ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असार १७ गतेपछि गठबन्धन टुट्छ भनेर आफूले नभनेको बताएका छन् । आइतबार पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले असार १७ पछि गठबन्धन टुट्ने कुरा ज्योतिषिहरूले भनेको बताएका हुन् । असार १७ स्पष्ट भएन नि भन्ने पत्रकारको जिज्ञासाम अध्यक्ष ओलीले भने ज्योतिषिहरूलाई सोध्नुस् न । उनीहरूले स्पष्ट पार्छन् के, यो मैले भनेको होइन ।
एमाले विराटनगर महानगर कमिटीले शनिबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले गठबन्धनको आयु असार १७ गते अन्त्य हुने बताएका थिए । ‘प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाजी ज्योतिषीमा धेरै विश्वास गर्नुहुन्छ । त्यसैले जेठ र असारको महिना कस्तो छ, बोलाएर सोध्नु होस्,’ उनले भनेका थिए, ‘असार १७ गते कस्ता नक्षत्र र ग्रहहरू छन्, ज्योतिषिलाई बोलाएर हेर्नुहोस् भनेको छु, विचराहरूको सातो गएको छ होला ।’अध्यक्ष ओलीले वैशाख ३० गते नै गठबन्धनका लागि सबैभन्दा ठूलो खड्कोु रहेको समेत बताए ।
राजनीति हेर्ने ज्योतिषि र ग्रहदशा हेर्ने ज्योतिषि हुन्छ्न् । राजनीति हेर्ने ज्योतिषिले भनेका कुरा हुन् । गठबन्धन रहन्छ रहँदैन भन्नेमा मेरो केही भन्नु छैन । गठबन्धनका लागि सबभन्दा ठूलो खड्को वैशाख ३० गते नै हो, ओलीले भने । आगामी स्थानीय तहको चुनावका लागि अपिल जारी गर्ने क्रममा ओलीले कांग्रेस र निर्वाचन आयोगको आलोचना गरेका थिए ।
कांग्रेसले संसदीय मूल्य र मान्यता कुल्चिएको भन्दै अधिकांश समय उनले उसकै आलोचनामा खर्चिएका थिए । त्यस्तै निर्वाचन आयोगले आफैले जारी गरेको आचारसंहिता कार्यान्वयन गराउन नसकेको भन्दै उनले आलोचनासमेत गरे । निर्वाचन आयोगले गठबन्धन दलको परामर्शमा मात्रै आचारसंहिता जारी गरेको पनि उनको आरोप थियो ।
प्रतिक्रिया