थप १४ जनामा कोरोना संक्रमण पुष्टि, २०५ जना सक्रिय संक्रमित

काठमाडौं, २४ वैशाख। पछिल्लो २४ घण्टामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमणबाट १४ जनामा संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा २ हजार ७१६ जनाको नमुना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार १ हजार ४२० पीसीआर परीक्षण गर्दा ११ जना र १ हजार २९६ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा २१ जना कोरोना संक्रमण मुक्त भएका छन् भने देशभर २०५ जना सक्रिय संक्रमित रहेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति