माओवादी र एकीकृत समाजवादी कांग्रेसको जिउका झिँगा धपाउने झम्के पछ्यौरी – अध्यक्ष ओली

काठमाडौं, २४ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा गएर बाडीचुडी खान नेपाली काङ्ग्रेस र माओवादी गठबन्धन गरेर चुनाबमा गएको बताएका छन्।

उनले वडामा एक्लै चुनाव लड्न नसकेर गठबन्धन गरेको समेत दाबी गरे। गठबन्धन टालाटुली जोडेर बनाएको पुतली मात्रै हो यसको कुनै उद्देश्य छैन।

कुनै उद्देश्य बिनाको पार्टी र उमेदवारलाई सरकारमा नपुर्‍याउन मतदातालाई आग्रह गरे। ओलीले गठबन्धन गरेर सरकारमा जान बाँडीचुँडी खान र आफन्तलाई खुवाउन मात्रै बनाएको बताए।उनले भने यस्तो उदेश्य बोकेको गठबन्धनलाई भोट हाल्ने हो कि सुखी नेपाली समृद्ध नेपाल बनाउनेलाई भोट हाल्ने फैसला मतदातामा रहेको बताए।

ओलीले इटहरी को विकासको जिम्मा आफूले लिने बताए।‘तपाईँहरु याम सुब्बा र सङ्गिता चौधरीलाई तपाईंको प्रतिनिधि बनाउनुहोस् । उहाँहरु मेरो प्रतिनिधि हो’, उनले भने। नेपाली कांग्रेस को घोषण पत्रमा मान्छे देखिन्छ रे एमालेको घोषणा पत्रमा विकास देखिने बताए।गठबन्धनप्रति आक्रमक रुपमा प्रस्तुत भएका ओलीले खाएर चुसेर ढाडिएकाहरु गठबन्धन बनाएर हिँडेको दाबी गरे।उनले भने कांग्रेसको जिउमा भन्किएका झिँगा धपाउन माओवादी र एकीकृत समाजवादी झम्के पछ्यौरी बनेको आरोप लगाए। उनले काङ्ग्रेस सत्तामा हुदा कुनै काम नगरेको बताए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति