वासिङ्टन, २३ वैशाख । अमेरिकी सिनेटरले कोभिड–१९ विरुद्धको खोपले एड्स सार्न सक्ने आशंका व्यक्त गरेका छन् । विस्कोन्सिनका रिपब्लिकन सिनेटर रोन जोन्सनले यस्तो आशंका व्यक्त गरेका हुन् ।
कोरोनाविरुद्धको खोपले मानिसमा एड्स सार्न सक्ने दाबी गर्ने एक पुरुषलाई जवाफ दिँदै उनले भने, “तपाईंले भन्नुभएको सबै कुरा सत्य हुनसक्छ ।” जोन्सनले आफूलाई ‘अन्तर्राष्ट्रिय वकिल’ एवं ‘बाइडेन सरकारको एचआईभी मिसिएको खोपहरू दिएर अमेरिकी सेना नष्ट गर्ने प्रयास रोक्न खोजिरहेको समूहको अध्यक्ष’ बताउने टोड क्याल्लेन्डरसँग कुराकानीको क्रममा सो प्रतिक्रिया व्यक्त गरेका हुन् । क्याल्लेन्डरले पुनः कोरोनाविरुद्धका विभिन्न खोपले प्रयोगकर्तालाई एड्स दिने गरेको र यसका लागि स्वास्थ्य अधिकारीहरूलाई जिम्मेवार ठहराउनुपर्ने बताएका छन् । क्याल्लेन्डरले भनेका छन्, “तपाईंको यहाँ एक सयजनाभन्दा बढी डाक्टर छन्, उनीहरू सबैले ती खोपले एड्स निम्त्याउने बताउनेछन् । यद्यपि, कुनै पनि प्रतिष्ठित डाक्टरले यस्तो कुनै दाबी गरेको छैन । उनीहरूले नियतवश नै मानिसलाई एड्स सारिरहेका छन्। यो अपराधिक नियत हो ।” जोन्सनले उनको कुरो सुनेर आश्चर्य प्रकट गरे । तर, उनले खोपबारेमा क्याल्लेन्डरको विरोध गरेनन् । बरु, उनले क्याल्लेन्डर र अन्य खोपविरोधीहरूले खोपहरूले मानिसलाई एचआईभीरएड्स दिइरहेको कुरालाई विश्वास दिलाउन निरन्तर रूपमा यस्ता अफवाह फैलाउनुपर्ने बताएका छन् । जोन्सनले यस सम्बन्धमा राष्ट्रपतिका लागि प्रमुख चिकित्सा सल्लाहकार डा। एन्थोनी फसीलगायत अन्य स्वास्थ्य अधिकारीहरूलाई अपराधी प्रमाणित गर्ने यो राम्रो उपाय भएको पनि बताए । जोन्सनले थपे, “तपाईंले भन्नुभएको कुरा सही हुनसक्छ । तर, अहिले मानिसले खोपहरूलाई निकै सुरक्षित र प्रभावकारी ठानिरहेका छन् ।” यस वर्ष पुनः चुनाव लड्न लागेका जोन्सन सिनेटका अधिकांश दक्षिणपन्थी सदस्यमध्ये एक हुन् । उनले पशुलाई प्रयोग गरिने औषधि ‘इभरमेक्टिन’लाई कोरोनाविरुद्ध प्रयोग गर्न सक्ने कुरामा जोड दिएका थिए । तर, यो औषधिको प्रभावकारिता सम्बन्धमा कुनै प्रमाण छैन । साथै, उनले माउथवासले पनि अमेरिकामा मात्रै भन्डै दश लाख मानिसको ज्यान लिइसकेको कोरोनालाई पराजित गर्न सक्ने पनि बताएका थिए ।
प्रतिक्रिया