काठेखोला गाउँपालिकाका एमाले उम्मेदवारको घोषणा– ‘अध्यक्ष भएपछि सरकारी सुविधा लिन्नँ’

बागलुङ, २३ बैशाख । नेकपा एमालेको तर्फबाट काठेखोला गाउँपालिकामा अध्यक्षका उमेदवार डिलबहादुर कार्कीले गाउँपालिकाको अध्यक्षमा विजयी भएपछि सरकारी सेवा सुविधा नलिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

‘राजनीतिलाई सामाजिक सेवाका रुपमा लिएको छु, व्यक्तिगत रुपमा गाउँपालिकाले अध्यक्षलाई दिने सेवा सुविधा गाउका जनताको सामाजिक कार्यमा लगाउनेछु,’ अध्यक्ष कार्कीले आज बिहान आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, ‘अध्यक्ष पदमा विजयी भएपछि पाउने सेवा सुविधा गाउँको विकासमा लगाउनेछु ।’

‘मेरो परिवार नै सामाजिक सेवा गर्दै आएको परिवार हो, मेरो बुवाले काठेखोला गाउँपालिका ७ साविक रेश गाविसमा २५ वर्ष प्रधानपञ्च भएर गाउँको विकासमा योगदान गर्नुभयो, मैले बुवाबाट सामाजिक सेवा कसरी गर्ने भन्ने बुझेको छु,’ अध्यक्षका उमेदवार कार्कीले भने, ‘मैले राजनीतिबाट आर्थिक रुपमा केही लिनु छैन, राजनीतिमार्फत गाउँपालिकाको विकासमा प्रतिवद्ध भएर लाग्छु ।’

उनले लेखेका छन्, ‘एमालेले काठेखोला गाउँपालिकाको विकासका लागि ८ वडा ८ पहिचानको कार्यक्रम बनाएर मलाई प्रतिवद्धता सहित चुनावी मैदानमा खटाएको छ, एमालेको प्रतिवद्धता अनुसार समृद्ध काठेखोला निर्माणमा सबैको सहयोग लिएर काम गर्नेछु ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति