महेन्द्रनगर, २३ बैशाख । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई राति निन्द्रा लाग्न छोडिसकेको बताए। बिना मगरप्रति व्यङ्ग्य गर्दै ओलीले भने, ससुराको त होस्, हवास् उडिसक्यो। राति निन्द्रा लाग्न छोडिसक्यो। बुहारीको के हालत हुन्छ। एमालेबाहेक अरु विकल्प छैन।
उनले महाकाली सन्धी सम्झौताअनुसार कञ्चनपुरको दोधारा चाँदनीमा दुई वर्षभित्र पानी पुर्याउने दाबी गरे।कञ्चनपुरको बैलौरीमा आयोजित चुनावी जनसभालाई बिहीबार सम्बोधन गर्दै उनले आउँदो संसदीय निर्वाचनपछि नेकपा एमालेको सरकार बन्ने दाबी गर्दै दुई वर्षभित्र दोधारा चादनीमा सिचाँइका लागि पानी पुग्ने बताए।
हामी सरकारमा हुँदा भारतसँग कुरा गरेर सर्भेको काम अगाडि बढाएका छौं। अबको दुई वर्षभित्र दोधारा चाँदनीमा सिचाँइ पुग्छ,उनले भने। उनले अहिलेको सरकारले विकासमा ध्यान नदिएको आरोप लगाए।हामीले गुमेको भूमि नक्सामा समेटेर संसदबाट पास गरायौं। राष्ट्रियताको सबालमा एमालेबाहेक अरु कुनै पार्टी नै छैन, उनले भने।
प्रतिक्रिया