काठमाडौँ । गायक तथा संगीतकार आशिष अविरलको ‘पल्के तिम्रो मायामा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। बुधबार आफ्नै युट्युब च्यानलमार्फत् अविरलले गीत सार्वजनिक गरेका हुन् ।
एकनारायण भण्डारीको शब्द रहेको यस गीतमा संगीत र संगीत संयोजन अविरलकै रहेको छ । अविरलले यस गीतलाई कम्पोजर भर्सनमा गाएका हुन् । गीतको ओरिजिनल गायक भने कमल किरण हुन् ।
विकास सुवेदीको निर्देशन रहेको म्युजिक भिडियोमा कलाकार पल शाह, आँचल शर्मालगायतको अभिनय तथा नृत्य रहेको छ ।
COMMENTS