काठमाडौं, २२ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चुनावीसभा सम्बोधनको कार्यतालिका तय भएको छ । प्रचण्डले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन लक्षित ६ वटा आमसभालाई सम्बोधन गर्ने भएका हुन् । प्रचण्डले आज (विहीबार) चितवनको भरतपुरको चुनावी सभालाई सम्बोधन गर्ने कार्यतालिका छ ।
उनले वैशाख २३ गते काठमाडौंको चुनावी सभालाई सम्बोधन गर्ने छन् भने २४ गते दाङको घोराहीको सभालाई सम्बोधन गर्ने कार्यतालिका छ ।यस्तै २५ गते कालिकोट, २६ गते तनहुँको बन्दिपुर र २७ गते बाराको जीतपुर सिमारामा हुने चुनावी आमसभालाई प्रचण्डले सम्बोधन गर्ने छन् ।
प्रतिक्रिया