दैलेख कांग्रेस प्रदेश सचिव शाही एमाले प्रवेश, नेकपा एसको गाउँ कमिटी एमालेमा समाहित

सुर्खेत, २२ बैशाख । नेपाली कांग्रेस दैलेखका प्रदेश सचिव बमबहादुर शाही नेकपा एमालेमा प्रवेश गरेका छन् ।आज आठबीस नगरपालिकाको तिलेपाटामा आयोजना गरिएको चुनावी सभामा निर्वाचन क्षेत्र नम्बर दुई ‘ख’ का सचिव शाही एमाले प्रवेश गरेका हुन ।यस्तै आठबीस नगरपालिका ४ मा भएको एक कार्यक्रममा समाजवादीका आठबीस ४ का वडा कमिटी अध्यक्ष तथा खुला सदस्य पदका उम्मेदवार श्यामबहादुर माझी, दलित महिला सदस्यका उम्मेदवार सर्जा विक र महिला सदस्यका उम्मेदवार पाना माझी र एसका नेता वीरेन्द्र कुमार साउद माझी पनि एमालेमा प्रवेश गरेका हुन ।

समाजवादीको ठाँटी काँध गाउँपालिका कमिटी एमालेमा समाहित नेकपा एकीकृत समाजवादी ठाटीकाँध गाउँ कमिटी एमालेमा समाहित भएको छ । एमाले ठाटीकाँध गाउँपालिका कमिटीका अध्यक्ष कुमारविक्रम शाही र समाजवादी ठाटीकाँध अध्यक्ष नारायणप्रसाद जैसीले संयुक्त विज्ञप्ति जारी गरेका छन् ।

विज्ञप्तिमा स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत नेकपा (एकीकृत समाजवादी) पार्टीबाट उम्मेदवारी दिएका उम्मेदवारहरूको उम्मेदवारी निस्किृय रहने र नेकपा एमालेकातर्फबाट उम्मेदवारी दिएका उम्मेदवारहरूलाई विजयी गराउने र परिणाममुखी भूमिका निर्वाह गर्ने जानकारी गराउँदै नेकपा (एकीकृत समाजवादी) नेकपा एमाले ठाटीकाँध गाउँपालिका कमिटीमा पार्टी एकतासहित समाहित भएको उल्लेख छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति