काठमाडौं, २१ बैशाख । पार्टी भित्रको आन्तरिक विबादलाई लिएर राजीनामा दिएका सिन्धुलीका माओवादी नेताहरुले आफ्नो राजीनामा फिर्ता लिएका छन्।
स्थानीय तहको टिकट वितरणको विषयलाई लिएर विबाद चुलिएपछि माओवादी केन्द्रका वागमती प्रदेश सचिवालय सदस्य एवं सिन्धुली जिल्ला संयोजक रामकुमार पौडेल, बागमती प्रदेश सचिवालय सदस्य एवं मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बम्जन र बागमती प्रदेश सचिवालय सदस्य संगिता माझीले पदबाट राजीनामा दिएका थिए। तर यसबारे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलपछि उनीहरुले राजीनामा फिर्ता लिएका हुन्। वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचन पश्चात पार्टी भित्रको समस्याबारे स्वस्थ बहस र समीक्षा गर्ने अध्यक्ष प्रचण्डसँग सहमति भएपछि उनीहरुले राजीनामा फिर्ता लिएका हुन्। राजीनामा फिर्ता लिएसँगै उनीहरुले आफ्ना आधिकारिक उम्मेदबारलाइ जिताउन सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन्।
प्रतिक्रिया