दोहोरो नागरिकता लिएको कसुरमा एमालेबाट उम्मेदवार बनेका विष्टविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं, २१ बैशाख । ओखलढुंगाको लिखु गाउँपालिका अध्यक्षका उम्मेदवार बनेका मिलन कुमार विष्ट (मनिष) विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।विष्ट यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका छन् ।

उनीविरुद्ध भक्तपुर जिल्ला अदालतले बैंकिङ कसुर तथा दोहोरो नागरिकता लिएको कसुरमा खोजबिनका लागि जिल्ला प्रहरी कार्यालय ओखलढुंगालाई पक्राउ पुर्जी पठाएको डिएसपी सुकदेव खनालले जानकारी दिए ।

लिखु गाउँपालिका-९ (साविकको पोकली गाविस) घर भएका उनीविरुद्ध २०७७ सालमा भक्तपुरमा मुद्दा दर्ता भए पनि फरार रहँदै आएका थिए ।

उनी स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेपछि कांग्रेसबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका अशोक कार्कीले निर्वाचन अधिकृतको कार्यालयमा विष्टविरुद्ध उजुरी दर्ता गराएका थिए । यो समाचार तयार पार्दासम्म विष्ट पक्राउ भने परिसकेका छैनन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति