आज प्रधानमन्त्री देउवा विराटनगर जाँदै

काठमाडौं, २१ बैशाख । नेपाली कांग्रेसले आज मोरङको विराटनगरमा चुनावी आमसभा गर्ने भएको छ।प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री विश्वप्रकाश शर्मालगायतले चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

विराटनगर महानगरपालिकामा गठबन्धनबाट कांग्रेसका नागेश कोइराला मेयर उम्मेदवार छन्। कांग्रेसले साताव्यापी चुनावी आमसभा आजदेखि सुरू गर्दैछ। वैशाख २७ भित्र कांग्रेसले देशका १० सहरमा आमसभा गर्ने बताएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति