झन्डै ४७ लाखले लिए प्यान, भ्याटमा दर्ता हुनेको सङ्ख्या दुई लाख ९० हजार

काठमाण्डौ, २० बैशाख । नेपालमा स्थायी लेखा नम्बर प्यान लिनेको सङ्ख्या झन्डै ४७ लाख जना पुगेको छ । अर्थ मन्त्रालयका अनुसार अहिलेसम्म ४६ लाख ७४ हजार दुई सय जनाले प्यान लिएका छन् ।

यसमध्ये २९ लाख चार हजार सात सय जनाले व्यक्तिगत, १७ लाख ५३ हजार ६ सय जनाले व्यावसायिक र १५ हजार सात सय जनाले अग्रिम करकट्टी प्रयोजनको लागि प्यान लिएका छन् । यस्तै चैतसम्म दुई लाख ९० हजार करदाता भ्याटमा दर्ता भएका छन् भने एक लाख १४ हजार आठ सय करदता अन्तस्शुल्कमा दर्ता भएका मन्त्रालयले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति