सगरमाथा आरोहण गर्न ३१६ जनाले लिए अनुमति

काठमाडौँ । यस वर्षको वसन्त यामको सगरमाथा हिमाल आरोहणका लागि ३९ आरोही समूहका ३१६ जनाले आरोहण अनुमति लिएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागका अनुसार सगरमाथासहित २५ हिमाल तथा चुली आरोहणका लागि १११ आरोही समूहका १९५ महिला र ७०४ पुरुषसहित कुल ८९९ आरोहीले अनुमति पाएका छन् ।

विभागको पर्वतारोहण शाखाबाट जारी भएको मार्च अन्तिमसम्मको एक्सिपिडिसन पर्मिटमा सबैभन्दा धेरै सगरमाथा आरोहण गर्न ३८ आरोही समूहका ३०२ आरोहीले अनुमति लिएका छन् ।

अमादब्लम (६,८१४ मिटर) आरोहणका लागि ९ समूहका ९७ जनाले अनुमति पाएका छन् । कञ्चनजंघा (८,५८६ मिटर) आरोहणका लागि सात समूहले अनुमति लिएको छ ।

अन्नपूर्ण (८,०९१ मिटर) चार र नुप्से आरोहणका लागि सात समूहले अनुमति पाएको छ । मकालु ( ८,४६३ मिटर) मा चार, धौलागिरि (८,१६७ मिटर)का लागि दुई र ल्होत्से (८,५१६ मिटर) का लागि एक आरोही समूहले अनुमति लिएका छन् ।

त्यसैगरी हिमलुङ्ग चुली र थापा पिकका लागि चार/चार समूहले आरोहण अनुमति लिएर गन्तव्यतर्फ प्रस्थान गरेका छन् । ती हिमाल तथा पिक आरोहणबाट हालसम्म रु ४६ करोड ७५ लाख रोयल्टी जम्मा भएको विभागले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board