स्रोत नखुलेको ४ लाख रुपैयाँसहित एक युवक पक्राउ

वैशाख । श्रोत नखुलेको चार लाख रुपैयाँसहित महोत्तरी प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जलेश्वर नगरपालिका–१२ थरुवाही बस्ने १९ वर्षीय सुजित मण्डल रहेका छन् ।

भारतबाट व्याग बोकेर पैदल नेपालतर्फ आउँदै गरेका मण्डललाई जलेश्वर नगरपालिका३ स्थित भन्सार कार्यालय अगाडिबाट पक्राउ गरिएको महोत्तरी प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मण्डलले बोकेको व्यागबाट चार सय थान एक हजारको नोट बरामद भएको छ । उनलाई नियन्त्रणमा लिएर जलेश्वर भन्सार कार्यालयको जिम्मा पठाइएको प्रहरीले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति