प्रवासी नेपाली मञ्च, जापानले ल्यायो चुनावी गीत– ‘यसपाली हजुरको छाप पनि सूर्यमै’ (भिडियो)

काठमाडौं । स्थानीय निर्वाचनकै बेला प्रवासी नेपाली मञ्च जापाले चुनाव सम्वन्धी गीत सार्वजनिक गरेको छ ।

‘यसपाली हजुरको छाप पनि सूर्यमै’ बोलको गीत युटुवमार्फत सार्वजनिक गरिएको हो ।

‘राप पनि सूर्यमै, ताप पनि सूर्यमै, यसपाली हजुरको छाप पनि सूर्यमै’ गीतको दृश्य साइ भिजन प्रा.लि.ले निर्माण गरेको हो ।

लक्ष्मी खड्का, पुरुषोत्तम सिग्देल, दिलेन्द्र जोशी र बेग रानाको स्वर रहेको सो गीतको लय पुरुषोत्तम सिग्देलको हो भने शब्द दिप पाठकले तयार पारेका हुन् ।

यसमा संगीत सञ्जय श्रीपालले दिएका छन् भने भिडियोको छायांकन सुरेश श्रेष्ठ र सम्पादन विष्णु शर्माले गरेका हुन् । निर्देशन भने प्रकाश भट्टको रहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board