छ महानगर र भक्तपुरका नगरपालिकाका लागि मतपत्र छाप्न सुरु

काठमाडौं, १८ बैशाख । निर्वाचन आयोगले देशका ६ महानगरपालिका र भक्तपुर जिल्लामा रहेका नगरपालिकाहरुका लागि मतपत्र छपाई सुुरु गरेको छ ।

आइतबार आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतपत्र छपाईको काम अन्तिम चरणमा पुगेको बताए । यसैबीच महानगरपालिकाका लागि छपाई भइरहेको मतपत्रमा कुनै दलले कुनै वडामा मात्र उम्मेदवार दर्ता गरेको भएपनि सो दलको चिन्ह प्रमुख पददेखि वडा सदस्यसम्मको लहर छापिने जानकारी दिए । आयोगले सामाजिक सञ्जाल दुरुपयोग भए नभएको हेर्न आइटी टिम बनाएको र अनुगमनको काम भइरहेको उनले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति