माओवादीबाट महिला वडा सदस्य निर्विरोध निर्वाचित

महोत्तरी । नेकपा (माओवादी केन्द्र) बर्दिबासबाट महिला वडा सदस्य निर्विरोध निर्वाचित भएकी छन् ।

नगरपालिकाको वडा नम्बर ७ बाट कुनै पनि महिलाहरुले मनोनयन दर्ता नगरेपछि उक्त वडाकी दलित महिला सदस्य कलिमाया निर्वाचित भएको निर्वाचन कार्यालय बर्सिबासले जनाएको छ । बर्दिबास नगरपालिकामा निर्विरोध निर्वाचित हुने उनी पहिलो महिला जनप्रतिनिधि बनेकी छन् ।

बर्दिबास नगरपालिकामा माओवादी केन्द्रलाई माया गर्ने भएकाले आफू मात्र हैन माओवादी केन्द्रका सवै उम्मेदवार विजय हुने उनले दाबी गरिन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति