अछाम, १७ वैशाख । नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष शेरबहादुर कुँवरले सत्तारुढ गठबन्धनमा कांग्रसले इमान्दारिता नदेखाएको आरोप लगाएका छन् ।
कुँवरले आसन्न स्थानीय तहको निर्वाचनका लागि गठबन्धनमा समाजवादी पार्टी हँदैसम्मको लचकता अपनाए पनि कांग्रेसले इमान्दारिता नदेखाएका कारण तालमेल हुन नसके बताए ।
कांग्रेस चेन अफ कमाण्डमा नचल्दा समाजवादी र माओवादी पार्टीले आ–आफ्नै हिसाबले उम्मेदवारी दर्ता गरेको उनले बताए । गठबन्धन भनेको लिने र दिने भए पनि कांग्रेसले त्यसलाई स्वीकार गर्न नसक्दा अछाममा त्यसको असर परेको उनको भनाइ छ । उनले आफू पार्टीको नीति र विचारमा अघि बढ्ने बताए ।
अछाममा सत्तारुढ दलबीच पालिकाको सिट भागबन्डा नमिलेपछि नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी आ–आफ्नै हिसाबले चुनाव अभियानमा छन् ।
प्रतिक्रिया