म्याग्दी । म्याग्दीको बेनी नगरपालिकामा अन्तिम समयमा आएर नेपाली काँग्रेस र माओवादी केन्द्र बीच चुनावी तालमेल भएको छ ।
मनोनयन दर्तासम्म नगरको मेयर उपमेयरमा एक्लाएक्लै उम्मेदवारी दिएका दलहरुमा उम्मेदवारी फिर्ताको समयमा मात्रै चुनावी तालमेल गर्ने सहमति भएको हो ।
पाँच दलीय गठवन्धनमा सहमति नभएपनि अन्तिम चरणमा काँग्रेस र माओवादीबीच मेयर उपमेयरमा चुनावी तालमेलको सहमति भएको हो ।
सहमतिअनुसार, काँग्रेसका उम्मेदवार चिरञ्जीजी शर्मालाई समर्थन गर्दै माओवादीका मेयरका उम्मेदवार धनलाल जैसीले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।
शुक्रवार मनोनयन फिर्ताको अन्तिम समयमा माओवादीका मेयरका उम्मेदवार र काँग्रेसका उपमेयरका उम्मेदवारको मनोनयन फिर्ता गराइएको थियो ।
त्यसैगरी, माओवादी केन्द्रका उपमेयरका उम्मेदवार ज्योति लामिछाने पौडेललाई समर्थन गर्दै काँग्रेसका उपमेयरका उम्मेदवार अमृतदेवी बानियाँको उम्मेदवारी फिर्ता गराइएको छ ।
प्रतिक्रिया