वैदेशिक रोजगारीका लागि सर्विया खुल्ला

काठमाडौं । सरकारले वैदेशिक रोजगारीका लागि नयाँ गन्तव्य खुल्ला गरेको छ । अब वैदेशिक रोजगारीका लागि सर्विया जान पाइने भएको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मुद्रण विभागमा सूचना प्रकाशित गर्दै अब सर्वियामा पनि वैदेशिक रोजगार व्यवसाय गर्न पाउने निर्णय भएको उल्लेख गरेको हो ।

वैदेशिक रोजगार ऐन, २०६४ को दफा ३ को उपदफा (१) ले खिएको अधिकार प्रयोग गरी सर्वियामा श्रमका लागि खुल्ला भएको मन्त्रालयले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति