भरतपुरका बागी मनाउन आएका दुई मन्त्री ‘खाली हात’ फर्किए

चितवन । नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलले भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएपछि ‘फकाउन’ चितवन आएका दुई मन्त्री ‘खाली हात’ काठमाडौं फर्किएका छन् ।

सत्ता गठबन्धनमा भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रलाई दिने सहमति भएको थियो । सोही सहमति अनुसार माओवादी केन्द्रबाट रेनु दाहालले उम्मेदवारी दर्ता गराइन् । तर, कांग्रेस नेता पौडेलले स्वतन्त्र उम्मेदवारी दर्ता गराएपछि विवाद छ ।

सो विवाद मिलाउन गृहमन्त्री बालकृष्ण खाड वैशाख १५ गते र राज्यमन्त्री उमेश श्रेष्ठ वैशाख १५ गते भरतपुर आएका थिए । दुवै मन्त्रीले पौडेललाई भेटेर सम्झाएका थिए ।

सो भेटमा पौडेलले आफ्नो उम्मेदवारी फिर्ता नहुने जानकारी गराएका थिए ।

काठमाडौं फर्कने क्रममा भरतपुर विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै गृहमन्त्री खाँणले उम्मेदवार पौडेलले विवेकसम्मत निर्णय लिने बताए ।

आज साँझ ५ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन पाउने समय निर्वाचन आयोगले निर्धारण गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति