हिमालय एयरलाइन्सको शौचालयमा लुकाएर सुन तस्करीको प्रयास, पक्राउ परे पाँच जना

काठमाडौं । हिमालय एयरलाइन्सको शौचालयमा लुकाएर सुन तस्करीको प्रयास भएको पाइएको छ ।

विमानको शौचालयमा सुन लुकाएर तस्करी गर्न खोजेको पाइएपछि प्रहरीले तीन कर्मचारीसहित पाँच जनालाई पक्राउ गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले तस्करीको दुई किलो तीन सय ५० ग्राम सुन बरामद गरेको त्रिभुवन विमानस्थल प्रहरी प्रमुख एसएसपी भीम ढकालले जानकारी दिए ।

तस्करीमा संलग्न रहेको अभियोगमा तीन कर्मचारीसहित पाँच जना पक्राउ गरेका छन् । उनीहरुबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

पक्राउ पर्नेमा हिमालय एयरलाइन्सको विमान सफा गर्ने कर्मचारी सुमन तामाङ, भीम अवाले र सुपरभाइजर तारकान्त चौधरी छन् । तिनै जना विमान सफा गर्ने सुनगाभा कम्पनीका कर्मचारी हुन् ।

उनीहरुले हिमालय एयलाइन्सको विमानमा शौचालयमा लुकाइएको सुन पास गराउन खोज्दै गर्दा चेकजाँचका क्रममा पक्राउ परेको एसएसपी ढकालले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति